काठमाण्डौ । चीनका वैज्ञानिकहरुले महामारीको रुपमा फैलन सक्ने क्षमता भएको एउटा नयाँ फ्लुु भाइरस पत्ता लगाएका छन् ।
सम्पूर्ण विश्व कोरोना महामारीसँग जँुुधिरहेका बेला नयाँ अनुुसन्धानका अनुुसार नयाँ भाइरस फ्लुु पत्ता लागेको छ, जसलाई अनुुसन्धानकर्ताहरुले जि फोर ईए एच१ एन१ नाम दिएका छन् ।
अहिले वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ भाइरस सन् २००९ मा देखिएको स्वाइन फ्लुु जस्तै भएको बताइएको छ । तथापि यसमा केही बदलावहरु देखिएको छ ।
नेशनल एकेडेमि अफ साइन्सेन्समा प्रकाशित एक अनुुसन्धानका अनुुसार फ्लुुको यो नयाँ स्ट्रेनमा मानिसलाई नराम्ररी संक्रमित गर्न सक्ने क्षमता रहेको छ । सुुरुवाती अनुुसन्धानका क्रममा प्राप्त जानकारीका अनुुसार यो स्ट्रेन सुुंगुुरमा पाइने गर्दछ र यसले मानिसलाई पनि संक्रमित पार्न सक्दछ ।
यो भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने भएकोले अनुुसन्धानकर्ताहरु चिन्तित बनेका छन् । यसका साथै वैज्ञानिकहरुका अनुुसार यो भाइरस सजिलैसँग मानिसबाट मानिसमा फैलनसक्ने भएकाले यसले महामारीको रुप लिन सक्ने देखिएको छ ।
वैज्ञानिकहरुले यो भाइरसमा मानिसलाई संक्रमित पार्नसक्ने सम्पूर्ण गुुणहरु रहेको बताएका छन् । त्यसैले यो भाइरसमाथि नजर राख्न एकदमै आवश्यक रहेको उनीहरुले बताएका छन् ।
यो भाइरस नयाँ भएकाले मानिसहरुमा यसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता नहुुने समेत चेतावनि दिएका छन् । जर्नलमा प्रकाशित रिपोर्टमा यो भाइरसलाई नियन्त्रण गर्न र मानिसमा सर्नबाट रोक्नका लागि सुंगुुर उद्योगमा काम गर्ने श्रमिकहरुलाई कडा निगरानी गर्नुुपर्ने र यसलाई तत्कालै लागू गर्नुुपर्ने जनाइएको छ ।
यसका साथै वैज्ञानिकहरुले यो भाइरस विरुद्धको भ्याक्सिनको विकास गर्नका लागि गृहकार्य गर्नुुपर्ने सुुझाव दिएका छन् । वर्तमान समयमा उपलब्ध भ्याक्सिनले यो भाइरस विरुद्ध काम नगर्ने जनाइएको छ ।
वैज्ञानिहरुहले तत्काल नै यो भाइरसले महामारीको रुप लिन सक्ने नदेखिए पनि भविष्यमा त्यसलाई नकार्न नसकिने बताएका छन् । बेलायतको नटिंघम युुनिर्भसिटीका प्राध्यापक किन छाव छ्याङले बिबिसलाइ भने, “अहिले सारा विश्वको ध्यान कोरोना भाइरसमा केन्द्रीत छ, तर हामीले नयाँ भाइरसको सम्भाव्यतालाई समेत उत्तिकै ध्यान दिनुुपर्छ ।“
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago