 
                     
                                
                             
                                    काठमाण्डौ । चीनमा कोरोनाको कहर बढ्दै जाँदा पनि एसियाली सेयर बजारमा बुधबार गतिलो बाउन्स ब्याक भएको छ।
कोरोना संक्रमण बढ्दै जाँदा पनि चीन अर्थतन्त्र विस्तार सुचारु गर्न थालेसँगै लगानीकर्तामा झिनो आशा बढ्दा एसियाली बजारमा बढोत्तरी भएको हो।
उता युरोपेली र अमेरिकी सेयर बजारमा पनि बढोत्तरी देखिएको छ। एफटीएई फ्युचर्स र ई–मिनी फ्युचर्स एस एन्ड पी ५०० इन्डेक्स क्रमशः ०.३५ प्रतिशत र ०.१५ प्रतिशतले उकालो लागेका छन्।
जापानको सेयर बजार ०.६७ प्रतिशतले बढेको छ भने हङकङको हङ सेङ इन्डेक्स र चीनको मेन्चर्मा सीएसआई३०० इन्डेक्समा बाउन्स ब्याक भएर क्रमशः ०.८२ र ०.१ प्रतिशतले बढोत्तरी भएको छ। बढ्दो कोरोना मामिला र लकडाउनविरुद्धको प्रदर्शनबीच चीनले कठोर कदम नचाल्नुले लगानीकर्तामा मनोबल बढेको देखिन्छ।
चीनको प्रपर्टीलगायतका रियर रेक्टर विस्तार पुनरुत्थान हुनुले पनि बजार बढ्नलाई टेवा पुर्याएको अर्थविद्हरु बताउँछन्। चिनियाँ अधिकारीहरुले कोरोना नियन्त्रणका खोप अभियानलाई तीव्र पारिने जनाएका छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19