 
                     
                                
                             
                                    काठमाण्डौ । चीनमा सरकारी कर्मचारीले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको खबर आएपछि एप्पलको सेयरभाउमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ।
पछिल्लो दुई दिनमा कम्पनीको सेयर करिब ६ प्रतिशतले घटेको छ। एप्पलको सेयरभाउ बिहीबार ५.३५ डलर अर्थात २.९२ प्रतिशतले घटेर १७७.५६ डलरमा बन्द भएको छ।
एप्पलको तेस्रो ठूलो बजार चीन हो। गत वर्षको कुल आम्दानी ३९४ बिलियन डलरमा चीनको हिस्साको १८ प्रतिशत थियो। एप्पलका अधिकांश उत्पादन पनि चीनमा उत्पादन हुन्छन्। सरकारी कर्मचारीमाथिको प्रतिबन्धले चीनमा आईफोनको बिक्री ५ प्रतिशतले घटाउन सक्छ।
दुई दिनअघि वाल स्ट्रिट जर्नलले आफ्नो एउटा रिपोर्टमा चीनले अमेरिकी कम्पनी एप्पललगायत अन्य देशका डिभाइसको प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको थियो। तर, यो प्रतिबन्ध सरकारी कर्मचारीलाई मात्र लागू हुनेछ। ती उपकरण कार्यालयमा ल्याउन वा काममा प्रयोग नगर्न अधिकारीलाई आग्रह गरिएको छ।
चिनियाँ सरकारले आफ्ना अधिकारीहरुलाई देशमा बनेका फोन प्रयोग गर्न आग्रह गरेको छ। रिपोर्टका अनुसार चीनले एप्पलबाहेक कुनै पनि फोन निर्माताको नाम राखेको छैन।
यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19