काठमाण्डौ । अमेरिकाले चीनले कोरोनाभाइरस फैलाएको भन्ने आरोप लगाइरहेका बेला चीनको समर्थनमा रसिया अगाडि आएको छ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुुटिनका प्रवक्ताले कुुनै पनि प्रमाणबिना अमेरिकाले चीनलाई कोरोनाको प्रकोपका लागि जिम्मेवार ठहराउनुु गलत भएको बताएका छन् ।
कोरोनाको उत्पत्तिबारे वादविवाद चलिरहँदा पुुटिनका प्रवक्ता क्रेमलिन प्रवक्ता दिमित्री पेसकोभले सिएनबिसी संगको अन्तवार्ताका क्रममा चीनविरुद्ध अमेरिकाले गरेको आरोपमा रुसले एकजुुटता देखाउन नसक्ने बताउँदै बेइजिङसँग मस्कोको सम्बन्धको महत्वलाई जोड दिए । “हामीले यो संकटको बीचमा यस्तो मुुद्धा उठनुुलाई राम्रो मानेका छैनौं । यस्तो संकटको बेला कहिले विश्व स्वास्थ्य संगठनलाई र कहिले चीनलाई निशाना साँध्नु गलत हो । यसमा रुसले साथ दिनसक्दैन ।” उनले भने ।
अमेरिकाका सेक्रेटरी माइक पोम्पिीओले गत आइतबार चीनको प्रयोगशालाबाट कोरोना फैलिएको भन्ने यथेष्ट प्रमाण अमेरिकासँग भएको बताएका थिए ।
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनको एउटा गम्भीर भुुलबाट विश्वभर कोरोनाभाइरस फैलिएको बताएका थिए । तर पोम्पिओ र ट्रम्प दुुवै जनाले आफ्ना आरोप र दाबीलाई सिद्ध गर्ने कुुनै प्रमाण भने पेश गरेका थिएनन् ।
उनीहरुको यस्तो अभिव्यक्ति दिनुुपूर्व अमेरिकाको गुुप्तचर एजेन्सीले चीनले भाइरस फैलाएको कुुनै पनि प्रमाण नभेटेको र चीनको प्रयोगशालाबाट फैलिएको भन्ने विषयमा अनुुसन्धान गरिरहेको जनाएको थियो ।
उता, चीनले अमेरिकाको आरोप र दाबीलाई नकारिरहेको छ । चीन भाइरस फैलाउने कार्यमा अमेरिकाले भनेजस्तो आफ्नो कुुनै पनि हात नरहेको बताउँदै आइरहेको छ ।
मंगलबार ट्रम्पले ह्वाइट हाउसका रिपोर्टरहरुलाई आफू चीनको प्रयोगशालाबाट भाइरस फैलिएको सिद्धान्तलाई बल पुुग्ने प्रमाण र विवरणहरु सार्वजनिक गर्ने योजना बनाइरहेको बताएका थिए ।
रुसका उच्च अधिकारी र पुुटिका प्रवक्ता दिमित्री पेसकोभले अमेरिकाले चीनविरुद्ध लगाइरहेको आरोप एकदमै गम्भीर भएको र यदि कसैले यस्तो आरोप लगाउने हो भने प्रमाण पनि पेश गर्नुपर्ने बताएका छन् । उनले कुुनै पनि प्रमाणबिना तेस्रो देशलाई आक्रमण गर्नुु गलत भएको बताए ।
ट्रम्पले चीनविरुद्ध यस्तो आरोप लगाएको यो पहिलो पटक भने हाइन । उनले पटक–पटक कोरोनाका लागि चीन जिम्मेवार भएको भन्ने अभिव्यक्ति दिंदै आइरहेका छन् ।
ट्रम्पले चीनलाई मात्रै नभएर विश्व स्वास्थ्य संगठनलाई पनि आफ्नो निशाना बनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको र चीनको साथ दिएको भनेर ट्रम्पले यसअघि आरोप लगाइसकेका छन् ।
अमेरिका र चीनबीच कोरोना संक्रमण फैलनुुपूर्व नै तनाव रहेको थियो । यी दुई देशबीच दुुई वर्षसम्म निरन्तर रुपमा व्यापारयुुद्ध चलेको थियो । दुुवै देशहले एकअर्काविरुद्ध खरबौं डलरको कर लगाएका थिए ।
हालका वर्षहरुमा चीन र रुसको व्यापारिक सम्बन्धमा नयाँपन आएको छ । पेसकोभले चीनसंग रुसको आफ्नै बेग्लै सम्बन्ध रहेको र रुसले यसलाई सम्मान गर्ने बताएका छन् । रुसको चीनसँग समुुधुुर सम्बन्ध रहे पनि अमेरिकासँगको सम्बन्ध भने जटिल रहेको छ ।
पुुटिन र ट्रम्पबीच व्यक्तिगत रुपमा राम्रो सम्बन्ध रहेको छ । सन् २०१६ को निर्वाचनपछि यी दुुवैको सम्बन्धमा निकटता आएको थियो । अमेरिकाको निर्वाचन प्रभावित पार्न खोजेको र सन् २०१४ मा युुक्रेनको क्रिमियालाई रुसमा गाभेको आरोपमा रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकाका सांसदहरुले ट्रम्पलाई दवाब दिंदै आइरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago