काठमाण्डौ । भारत सरकारले लगातार मेड इन इन्डिया र मेक इन इन्डियामा ध्यान केन्द्रित गरिरहेको छ। यिनै पहललाई बढावा दिन थुप्रै क्षेत्रमा प्रडक्सन लिंक्ड इन्सेन्टिभ (पीएलआई) योजना ल्याइएका छन्।
अहिले भारत सरकारले एउटा ठूलो निर्णय गरेको छ। सरकारले ल्यापटप, ट्याब्लेट, अल–इन–वन पर्सनल कम्प्युटर, अल्ट्रा स्मल फाराम फ्याक्टर (यूएसएफएफ) कम्प्युटर र सर्भर आयातमा रोक लगाएको छ । यो प्रतिबन्ध तत्कालै लागू हुनेछ।
यसको मतलब अब विदेशबाट ती सामान भारत भित्रिने छैनन्। कुनै उत्पादनको आयातलाई प्रतिबन्धित श्रेणीमा राख्नु भनेको आयात गर्न लाइसेन्स वा सरकारी अनुमति अनिवार्य हुनेछ।
विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बिहीबार जारी गरेको सूचनामा अनुसन्धान र विकास, परीक्षण, बेन्चमार्किङ र मूल्यांकन, मर्मत र फिर्ता तथा उत्पादन विकासका लागि प्रतिकन्साइनमेन्ट २० वस्तुसम्म आयात लाइसेन्स हुने जनाइएको छ। चीनजस्ता देशबाट हुने आयात घटाउने उद्देश्यले भारतले यो कदम चालेको हो।
डीजीएफटीको सूचनामा भनिएको छ, ‘ल्यापटप, ट्याब्लेट, अल–इन–वन पर्सनल कम्प्युटर र सर्भरको आयात तत्काल प्रभावबाट ‘प्रतिबन्धित’ श्रेणीमा राखिएको छ।’–एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19