काठमाण्डौ । आर्थिक रुपमा विश्वमा अग्रता हासिल गर्न चीनले आफ्नै डिजिटल मुद्रा ल्याउने योजना बनाएको छ ।
चीनको केन्द्रीय बैंकले डिजिटल मुद्रा केही सहरमा परीक्षण गर्न अनुमतिसमेत दिइसकेको छ । चीनको केन्द्रीय बैंक पिपुल्स अफ चाइन (पीबीसी) ले डिजिटल करेन्सी इलेक्ट्रोनिक पेमेन्ट (डीसीईपी) सुरु गर्नका लागि कदम उठाएको हो ।
चीन विश्वभरका केन्द्रीय बैंकका बीचको प्रतिस्पर्धा अगाडि रहन र वित्तीय सम्प्रभुता संरक्षित राख्न मद्दत मिलोस् भनेर यो योजना ल्याउन लागेको हो । केन्द्रीय बैंकले हाल चीनको शेनझेन र गुआङदोङ प्रान्तमा डिजिटल मुद्राको परीक्षा गर्ने सोच बनाइरहेको छ ।
आगामी वर्षहरुमा यसको दायरा बढाउँदै लैजाने चीनको योजना छ ।
उता फेसबुकले पनि डिजिटल मुद्राको दुनियाँमा पाइला अगाडि बढाएको छ । फेसबुकले ल्याउन लागेको लिब्रा क्रिप्टो करेन्सी आगामी वर्षबाट प्रयोगकर्ताले प्रयोगमा ल्याउन सक्नेछन् ।
लिब्रा ट्रान्ज्याक्सनका लागि फेसबुकले एउटा नयाँ कम्पनी दर्ता पनि गरिसकेको छ । भारतमा भने प्राइभेट क्रिप्टो करेन्सीलाई अनुमति नदिने रिजर्भ बैंक अफ इन्डियाले निर्णय लिएको छ । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19