काठमाण्डौ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युुरिटीको प्रतिवेदनले चीन सरकारले जानाजान कोरोनाभाइरसको गम्भीरतालाई अन्तर्राष्ट्रिय समुदायसंग लुुकाएको र आयात थुुपारेर नियार्त भने घटाएको गम्भीर खुुलासा गरेको छ ।
“विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई संक्रमण हो भनेर घोषणा गर्नुपूर्व नै चीनले जनवरी महिनाअघि नै मेडिकल आपूर्ति कटौति गर्न सक्नेछ ।” स्रोतलाई उद्धत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्रोतका अनुुसार यो वर्षको सुुरुवातमा निर्यात र आयातको आँकलन गरिएको आँकडालाई शुुक्रबार संघीय सरकारमाझ सर्कुलेट गरिएको थियो ।
यसअघि आइतबार राज्यका सचिव माइक पोम्पिओले प्रशासनका तर्फबाट चीनले कोरोनाभाइरसको फैलावटको सिमा लुुकाउने प्रयास गरिरहेको र यसमा मेडिकल आपूर्तिको भण्डारण गर्ने कदम पनि समावेश रहेको दाबी गरेका थिए ।
ट्रम्प प्रशासनले चीनलाई कोरोनाभाइरस महामारीका लागि धेरै अन्तर्राष्ट्रिय मञ्चहरुमा सजाय दिने दिर्घकालीन योजना बनाइरहेको बेला पोम्पिओको यस्तो अभिव्यक्ति आएको हो । चीन र अमेरिकाको सम्बन्धमा रहिआएको तिक्ततामा यसले थप बल पुुर्याएको छ । अमेरिकी प्रशासनका भित्रका स्रोतहरुले चीनविरुद्ध प्रतिबन्ध सहितका विभिन्न हतियारहरु प्रयोग गर्ने, अमेरिकी ऋण दायित्व रद्ध गर्ने र चीन र अन्य सबै देशहरुलाई उनीहरुको जिम्मेवारी महशुुस गराउन नयाँ व्यापार नीति तयार गर्ने आतुुरता अमेरिकी प्रशासनलाई रहेको छ ।
कोरोनाभाइरसको फैलावट र संक्रमणको आँकडालाई लिएर चीनको पारदर्शितामाथि प्रश्न उठिरहेका बेला ट्रम्प प्रशासनले चीनलाई दोषी ठहराउँदै विश्वभर चीनविरुद्धको प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ।
अमेरिकाले कोरोनाभाइरसको संक्रमणलाई आफ्नो सीमाभित्र नियन्त्रण गर्न पाइरहेको असमर्थता र असफलताको आलोचनालाई ढाकछोप गर्नका लागि चीनविरुद्ध गलत प्रचारबाजी गरिरहेको आरोप लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सारा विश्वमा कोरोनाभाइरस फैलिरहँदा पनि अमेरिकामा यसको प्रभाव कम पर्ने भन्दै कोरोना संक्रमणको प्रभावलाई कम आँकलन गरिरहेका छन् ।
यस्तै ट्रम्पले चीनसँगको एउटा व्यापारिक सम्झौतालाई बचाउनका लागि सि जिनफिङले कोरोनाभाइरसको संकटलाई व्यवस्थापन गर्न चालेका कदमहरुको प्रशंसा गर्ने गरिरहेका छन् ।
अमेरिकी अधिकारीहरुले चीनले जानाजानी व्यापारिक गतिविधिलाई प्रभावित पारिरहेको तर, सार्वजनिक रुपमा भने निर्यातमा रोक लगाएको कुुरालाई नकारिरहेको बताएका छन् । अधिकारीका अनुुसार चीनले मेडिकल आपूर्ति र मास्कको निर्यातमा रोक लगाइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago