 
                     
                                
                             
                                    काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमी मुलुकुहरु एकजुट हुन आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री जस्टिनले चीन पश्चिमी मुलुकहरुमा आफ्नो आर्थिक हितका साधनहरुका लागि जोडबल गरिरहेकोले उसका गतिविधि रोक्नका लागि एकजुट हुन आवश्यक रहेको बताएका हुन्। ग्लोबल च्यानललाई अन्तर्वार्ता दिँदै उनले चीनले आर्थिक मौकाहरु हासिल गर्नका लागि जेसुकै गर्न तयार रहेको बताए। ‘हामी प्रतिस्पर्धा गरिरहेका छौँ तर चीन बेलाबेला निकै चलाखीपूर्ण ढंगले खुला बजारमा सबैका आफ्नो खेल खेलिरहेको छ। हामीलाई यो मामिलामा अझै कसरत गर्न आवश्यक छ। हामीलाई एकजुट हुन आवश्यक छ ता कि चीन हामीबीच आपसी टकराव उत्पन्न नसकोस्’, उनले भने।
सन् २०१८ पछि चीन र क्यानडाबीच सम्बन्ध चिसिएको छ। ख्वावेको चीफ फाइनान्सियल अफिरसर मेंग वांचोऊको गिरफ्तारीको जबाबमा चीनले दुई क्यानेडालीलाई पक्राउ गरेपछि दुवै देशबीच विवाद चर्किंदै गएको छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19