काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आज एक सूचना प्रकाशित गर्दै चेक क्लियरिङ गर्दा तिर्नुपर्ने शुल्कहरुको बिषयमा जानकारी दिएको छ । कम्पनीले तोकेभन्दा बढी शुल्क तपाईले तिरिरहनु भएको छ भने यसमा सचेत हुन आवश्यक छ । 

विद्युतीय चेक क्लियरिङ्ग प्रणाली, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली तथा कनेक्ट आइपीएस्मा आवद्ध बैंक तथा वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्क निर्धारण गरिएको हो । 

कुनै पनि रोजगारदाता उद्योग र संस्थाहरुले आफ्नो कर्मचारीहरुलाई दिने तलब, भत्ता लगायतका भुक्तानीहरु सिधै लाभग्राहीकोे बैंक खातामा जम्मा गर्नुपर्ने नेपाल सरकारको नीति कार्यन्वयनका लागि नेपाल क्लियरिङ्ग हाउसले संचालन गर्दै आएको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत सहजै कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सकिने । 

कुन सेवा लिँदा कति शुल्क तिर्नुपर्छ ? हेरौं यो सूचि: