Global Ime Bank
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पुस ४ गते मंगलबार सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा आफ्नो ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरी संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा खोलिएको शाखारहित बैकिङ्ग सेवाको उद्घाटन गरे । सो स्थानमा खोलिएको सेवाका लागि स्थानीय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
सो शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा ग्लोबल आइएमई बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले स्थानीय ९० वर्षीय ज्येष्ठ नागरिक ललुमाया सुवेदीको नाममा खाता खोली व्यक्तिगत रुपमा २,५०० रुपैया जम्मा गरिदिएर उक्त सेवाको कारोबार शुभारम्भ गरे ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको प्रष्ट्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago