 
                     
                                
                             
                                    काठमाण्डौ । अनलाइन ट्युसन प्रदान गर्ने र पुस्तक प्रकाशन गर्ने अमेरिका र बेलायतका धेरै ठूला शैक्षिक कम्पनीहरुको सेयरभाउमा तीव्र गिरावट आएको छ।
च्याट जीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स बटहरुका कारण ती कम्पनीको व्यवसायलाई असर गर्न सक्ने देखिएपछि सेयरभाउमा पहिरो गएको हो।
अमेरिकी कम्पनी चेगको सेयरमूल्य मंगलबार ५१ प्रतिशतले घट्दा कम्पनीलाई १ अर्ब डलरभन्दा बढी घाटा भएको छ।
योसँगै बेलायती कम्पनी पियर्सनले आफ्नो कुल मूल्यको ६ हिस्सा गुमाएको छ।
चेगका सीईओ ड्यान रोजेन्सवेग भन्छन्, ‘विद्यार्थीहरु च्याट जीपीटीमा बढी चासो राख्दैछन् र कम्पनीले नयाँ ग्राहकलाई आकर्षित गर्न असमर्थ छ।’
कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स बटहरुसँग लड्न आफ्नै एआई उपकरण पनि लन्च गरेको छ।
विश्लेषकहरुका अनुसार प्रकाशन र शैक्षिक कम्पनीहरुमा देखिएको असरले एआईले स्थापित कारोबारी मोडेलहरुलाई बाधा पुर्याउन सक्ने प्रस्ट पारेको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19