काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर बोनस घोषणा गरेको छ । 

भदौ २८ गते बिहीबार साँझ बसेको छिमेकको बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

कम्पनीले १८ करोड रुपैयाँ बराबरको बोनस सेयर र २२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंकले स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् । 

बोनस बितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा लघुवित्तले ६६ करोड ३८ लाख ९६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।