काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लि.ले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई रु.१ करोड ३१ लाख ९२ हजार ३ सय २३ रुपैंया २३ पैसा आर्थिक सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तमा बाँकी रहेको उक्त रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम आज आयोजित एक समारोहका बीच छिमेकी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरे । सोही समारोहमा वित्तीय संस्थाका सहायक महाप्रवन्धक दिलिप कुमार श्रेष्ठ र बरिष्ठ विभागिय प्रमुख दिपक पाण्डेको पनि उपस्थिति रहेको थियो ।
वित्तीय संस्थाले यस अघि पनि गत चैत्र १९ मा नेपाल सरकारले खडा गरेको कोरोना संक्रमण तथा नियन्त्रण कोषमा रु.२५ लाख प्रदान गरिसको छ र विभिन्न स्थानीय निकायहरुले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिन ब्यवस्थापनका लागि सञ्चालक समितिबाट थप रु.२० लाख स्वीकृत गरी उक्त रकम शाखा कार्यालयहरु मार्फत पनि आर्थिक सहयोग गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago