काठमाण्डौ । प्रति कित्ता १ हजार २ सय भन्दा बढीमा कारोबार भइरहेको नेरुडे लघुवित्त विकास बैंक लिमीटेडले बिक्री नभएको सेयर लिलामीबाट बिक्रीका लागि आजदेखि गोप्य दरखास्त आह्वान गरेको छ । 

यो लघुवित्त संस्थाले चैत १४ गते २ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सो क्रममा साधारणतर्फ १४ हजार ७ सय ५९ र संस्थागतर्फ ९३ हजार ९ सय ७७ कित्ता हकप्रद बिक्री भएको थिएन । बिक्री नभएको त्यही सेयर बोलकबोलबाट बिक्री गर्ने गरी आवेदन आह्वान भएको हो । 

लिलामी प्रक्रियामा सहभागी हुन चाहनेले असार २० गतेसम्म आवेदन दिनुपर्ने र लिलामीको नतिजा असार २१ गते प्रकाशन हुने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमीटेडले जनाएको छ । 

लिलामीमा सहभागी हुन चाहनेले प्रति कित्ता मूल्य न्यूनतम १ सय रुपैयाँ उल्लेख गर्नैपर्ने हुन्छ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने छ । 

काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको मुख्य कार्यालयमा गएर इच्छुक लगानीकर्ताले बोलकबोलका लागि गोप्य दरखास्त दिनसक्नेछन् । 

यो कम्पनीले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७ करोड ८५ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १ हजार २ सय ८५ रुपैयाँ रहेको छ ।