काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक महिनाअघि मात्रै ल्याएको ‘सूर्यज्योति सहि प्लान’ योजना बीमितहरुको रोजाइमा पर्न थालेको छ । 

छोटो समयमा नै उक्त योजनाप्रति बीमितहरुको आकर्षण देखिन थालेको कम्पनीले बताएको छ । थोरै प्रिमियममा नै ठूलो रकमको बीमा लिन सकिने सुविधा रहेकाले बीमितहरुमाझ उक्त पोलिसी लोकप्रिय बन्दै गएको कम्पनीका सूचना अधिकारी उमेश प्रसाद मैलानीले बताए । 
 

‘जीवन बीमा क्षेत्रमा नयाँ सोचका साथ आम मानिसहरुको आवश्यकता र परिस्थितिलाई ध्यानमा राखेर आकर्षक र उत्कृष्ट सुविधाहरुसहित यो योजना ल्याएको हो’ उनले भने, ‘बीमितको चाहना अनुसार एक महिनामै ३६३ वटा यो पोलिसी बिक्री भइसकेको छ ।’ 

कम्पनीले गत मंसिर २ गते उक्त योजना सार्वजनिक गरेको थियो । ‘बजारमा हाल प्रचलनमा रहेका विभिन्न पोलिसीभन्दा यस पोलिसीमा उत्कृष्ट सुविधाहरु समावेश रहेकाले बारे बुझ्न तथा खरिद गर्न चाहने व्यक्तिहरु धेरै आउनुभएको छ’, उनले भने । 

बीमा प्राधिकरणका अनुसार प्रायः नेपालीहरुले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको बीमा पोलिसी खरिद गर्ने गर्छन् । यहि मनोभावना बुझेर कम्पनीले उक्त पोलिसी बजारमा बिक्री गर्न सुरु गरेको हो । 

उक्त योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजिवन रहिरहने र तिरेको प्रिमियको  छ गुणासम्मको रकम फिर्ता हुने विशेषताहरु छन् । साथै ऐच्छिक सुविधा अन्तर्गत भने सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक रक्षावरण सुविधा समेत छन् ।
कसरी हुन्छ ६ गुणासम्मको जोखिम बहन ? 
कम्पनीले ल्याएको ‘सूर्यज्योति सहि प्लान’ आजिवन म्यादी जीवन बीमा योजना हो । यो योजना नेपालमा नै पहिलो बीमा योजना हो, जसले छोटो अवधिका लागि र जीवनभर नै बीमा सुविधा प्रदान गर्दछ । 
उदाहरण पनि हेरौं । 
मानौं, कुनै एक व्यक्ति ३५ वर्षको छ र उसले १५ वर्षको लागि २५ लाख रुपैयाँको बीमा योजना लिएको छ । ती व्यक्तिको वार्षिक प्रिमियम ४० हजार ७१९ रुपैयाँ हुन्छ  अर्थात् मासिक ३ हजार ३९५ रुपैयाँ हुन्छ ।
उक्त व्यक्तिले ३५ वर्षदेखि ५० वर्षसम्म १५ वर्षको टर्म पोलिसी लियो भने उसले हरेक वर्ष प्रिमियम तिर्दा कुल ६ लाख १० हजार ७८५ रुपैयाँ प्रिमियम तिरेको हुन्छ । र ५० वर्षसम्म पनि सो व्यक्तिलाई केहि भएन भने र टर्म पनि सकियो भने अन्य कुनै प्रिमियम नतिरिकन २५ लाख रुपैयाँको बीमा भने चालू नै रहन्छ । 

 

साथै सावधिक जीवन बीमामा जस्तै ७० वर्ष पुगेपछि पुन उसले जुन प्रिमियम ६ लाख १० हजार ७८५ रुपैयाँ तिरेको थियो उक्त रकम पूर्ण फिर्ता पाउँछ । उक्त योजना अन्तर्गत प्लस आजिवन बीमा सुविधा पाए जस्तै थप प्रिमियम नतिरिकन उसले बाचुञ्जेलसम्म २५ लाख रुपैयाँकै बीमा सुविधा पाउँछ । 
 

यसरि तिरेको कुल प्रिमियम ६ लाख १० हजार ७८५ रुपैयाँ र २५ लाख रुपैयाँको बीमा सुविधा प्लस गरी उसले वा उसको हकवालाले कुल ३१ लाख १० हजार ७८५ रुपैयाँ प्राप्त गर्दछ, जुन यो झण्डै छ गुणा बढी हुन आउँछ । 
साथै केही गरिकन बीमितको टर्मअवधिमै मृत्यु भएमा हकवालाले २५ लाख रुपैयाँको बीमा रकम पाउनेछ । 
प्रावधानहरु :
१. न्यूनतम बीमांक रकम : ५ लाख रुपैयाँ ।
२. न्यूनतम प्रवेश उमेर : १८ वर्ष ।
३. अधिकतम प्रवेश उमेर : ६० वर्ष ।
४. अधिकतम् बीमा शुल्क भुक्तानी समाप्त उमेर : ६५ वर्ष ।
५. न्यूनतम् भुक्तानी अवधि : पाँच वर्ष ।
६. बीमा शुल्क भुक्तानी तरिका : एकल/वार्षिक/अर्धवार्षिक÷त्रैमासिक
अतिरिक्त सुविधाहरुः
१. दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ ।
२. दुर्घटनाबाट पूर्ण अशक्त भएमा (अधिकतम १ करोड रुपैयाँसम्म) बाँकी अवधिको बीमा शुल्क छुट र बीमांकको आधारमा कम्तीमा १० वर्षसम्म मासिक असक्त सुविधा ।
३. ३५ घातक रोगका विरुद्ध ५० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च सुविधा ।
४. सहुलियत दरमा नियम अनुसार ऋण  सुविधा ।