नयाँदिल्ली । बिहीबार नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीको रुपमा सपथ लिइरहेका थिए । पूरा भारत मात्र होइन, विश्वले नै उनलाई चासोपूर्वक हेरिरहेको थियो । विश्वका विभिन्न देशबाट आएका राष्ट्र तथा कार्यकारी प्रमुखहरु समेत मोदीको सपथलाई नजिकैबाट नियालिरहेका थिए । मोदीकी आमा भने अहमावादस्थित आफ्नो घरमा बसेर टिभीमा आफ्नो छोराले सपथ लिएको हेरिरहेकी थिइन् ।
भातरको न्यूज एजेन्सी एएनआईमा आएको एक फोटोमा उनकी आमा हिरावेन मोदी ताली बजाउँदै टिभी हेरिरहेको देखिएको छ । नरेन्द्र मोदी(आफ्नो छोरा) भारतको प्रधानमन्त्री दोश्रो पटक बन्दा एउटी आमालाई जुन खुशी प्राप्त हुन्छ, त्यो तस्विरमा देखिएको छ ।
समाचारमा भनिएअनुसार हिराबेन मोदी विश्वकै राजनीतिक इतिहासकी पहिलो आमा हुन्, जसले आफ्नो छोरालाई ३ पटक मुख्यमन्त्री र दुईपटक प्रधानमन्त्री बनेको हेर्ने अवसर पाइन् ।
लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतसहित निर्वाचित नरेन्द्र मोदीले बिहीबार दोश्रो पटक भारतको प्रधानमन्त्रीको सपथ लिएका थिए ।
मोदीले त्यहाँस्थित राष्ट्रपति भवनको प्रांगणमा सपथ लिएका थिए । सन् २०१४ मा मोदीलाई तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले ८ हजार भन्दा बढी पाहुनालाई साक्षी राखेर सपथ खुवाएका थिए । यसअघि सन् १९९० मा चन्द्रशेखर तथा सन् १९९९ मा अटलबिहारी वाजपेयीले राष्ट्रपति भवनमै सपथ ग्रहण गरेका थिए ।
प्रधानमन्त्री मोदीको दोश्रो सपथ ग्रहण कार्यक्रममा विपक्षी दलका शीर्ष नेता, उद्योग जगतका दिग्गजहरु, फिल्मी स्टारहरु, विभिन्न राज्यका मुख्यमन्त्री, बिमस्टेक सदस्य देशका नेताहरु लगायतको सहभागिता थियो ।
(इकोनोमिक टाइम्सबाट अनुदित)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago