काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ ।

संस्थाका हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी पुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँको कुल २६.३२ प्रतिशत हुन आउने १ करोड ६६ लाख ७६ हजार ३५२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ । बोनस सेयर कर प्रयोजनार्था १.३२ प्रतिशतले हुन आउने ८ लाख ३६ हजार ३५२ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरिएको छ ।

प्रभावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्था जनाएको छ ।