काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक ५ गते बसेको ११० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि यो निर्णय कार्यान्वयनमा आउनेछ ।
यो लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १ करोड ६० लाख बढी नाफा आर्जन गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19