काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १०६ औं संञ्चालक समितिको बैठकबाट जनकबहादुर अधिकारीलाई सर्व–सम्मत रुपमा अध्यक्षमा  चयन गरेको छ । 

अधिकारी असोज १२, २०७३ सालदेखि  नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक रहेका छन् ।

कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक प्रतिनिधि रहेका छन् । 

हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ३,१८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको एनसिएचएल-इसीसी प्रणालीमार्फत राफसाफ हुँदै आएको छ भने ग्राहकको खाताबाट सिधै भुक्तानी लिन/दिन मिल्ने कम्पनीको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट हाल ६६ बैंक तथा वित्तीय संस्थाहरुमार्फत कारोबार हुँदै आएको छ ।