काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा आफ्नो ७७ औं शाखा विस्तार गरेको छ । 

बैशाख २४ गते सोमबार नेपाल राष्ट्रबैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

सो अवसरमा शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्याउँदै ग्राहकमैत्री  सेवा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं. २ का प्रदेशसभा सदस्य रामआशिष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिंदै यसको समावेशी वित्तीय मोडल नेपालकै नमूनाको रुपमा रहेको बताए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालको समेत सहभागिता थियो । 

नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । उनले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरुमध्ये ६ वटा सूचकहरुमा सबैभन्दा अब्बल रहेको जानकारी गराएका थिए।