काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  

जनकपुर उप-महानगरपालिका वडा नं ९, जनकपुर, धनुषामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति जनकपुर उप-महानगरपालिकाका मेयर लालकिशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारी द्वारा एक कार्यक्रमका बीच भाद्र २० गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

आजै गोलबजार नगरपालिका वडा नं ६, गोलबजार, सिरहामा रहेको नयाँ शाखा प्रमुख अथिति गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारी द्वारा संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।