काठमाण्डौ । जनकपुर लघुवित्तलाई प्राप्ति गरेर स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असोज २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।
एकीकृत कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाकै नामबाट हुनेछ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यी दुवै लघुवित्तले गत साउन १० गते छुट्टाछुट्टै विशेष साधारणसभा डाकेर यो प्राप्ति प्रक्रियालाई टुंगो लगाएका थिए।
नेपाल राष्ट्र बैंकले पनि गत असोज २ गते यी दुवै लघुवित्तको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयबाट पनि हिजो असोज १९ गते अन्तिम स्वीकृति पाएपछि स्वरोजगार लघुवित्तले एकीकृत कारोबारको मिति टुंगो लगाएको हो।
जनकपुरलाई गाभेको स्वरोजगार लघुवित्तको केन्द्रीय कार्यालय भने काभ्रेको बनेपा नगरपालिका–५ मै रहनेछ। यसअघि स्वरोजगार लघुवित्तको बनेपा र जनकपुर लघुवित्तको धनुषाका जनकपुर–४ मा केन्द्रीय कार्यालय रहेका थिए।
एकीकृत कारोबार सुरु हुने दिन संस्था सम्पूर्ण कार्यालयहरुबाट कार्य सञ्चालन बन्द हुने संस्थाद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19