काठमाण्डौ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)बाट जनक शर्मा पौड्याल बाहिरिएका छन् ।
उनले आज पदबाट दिएको राजीनामा आजै बसेको बैंक संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
शर्माले बैंक छाडेसँगै नयाँ सीइओको समेत खोजी हुन थालेको बैंकस्थित स्रोतले जनाएको छ ।
सनराइज बैंकको आगामी सीइओका लागि सुमन शर्मा, कुमार लम्साल, राजीव गिरी, विनोद आत्रेय लगायतका बैंकरहरुसँग कुराकानी भइरहेको छ ।
‘यीमध्ये संभावित एकको नाममा भोलि नै सहमति हुनसक्छ ।’ बैंकस्थित स्रोतले भन्यो–‘भोलि(बुधबार) नै पनि नयाँ सीइओको नियुक्ति हुनसक्छ ।’
बैंक संचालक समितिले सोमबार मात्रै बैंकको डिजिएम आरती राज्यलक्ष्मी राणालाई बढुवा गर्दै डेपुटी सीइओ बनाएको थियो ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19