Janata Bank Nepal Ltd.
काठमाण्डौ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया भाँडिएपछि अर्को साझेदार संस्थाको खोजीमा रहे पनि स्वाप रेसियो, संचालक समिति र सीइओको बिषयमा फेरि पनि कुरा मिल्न नसकेपछि जनता बैंक नेपालले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउन आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने निर्णय गरेको छ ।
बैंकको आइतबार सम्पन्न साधारणसभाले दुई बराबर एक कित्ताको दरले हकप्रद वितरणको निर्णय गरेको हो ।
बैंकको हाल चुक्तापूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । १५ करोड ३ लाख ४९ हजार रुपैयाँ नाफा गरेको बैंकको संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधारण समूहको शेयर हिस्सा ४९ प्रतिशत कायम गर्ने र सोही बमोजिम सञ्चालक समितिको संरचनामा फेरवदल गर्ने र बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बिजशालालाई बताए ।
बैंकले २०७२ साल चैत्र मसान्तसम्ममा २२ अर्ब ८९ करोड निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले २२ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ । बैंकले देशभरका ३६ वटा शाखा, २९ वटा एटिएम र ५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाइल बैंकिङ्ग मार्फत बैकिङ सेवा दिंदै आएको छ ।
जनता बैंकले अपुग पूँजीका लागि अर्को वर्ष बोनस सेयर दिने, पुनः हकप्रदको निश्कासन गर्ने र कुनै संस्थासँग मर्जमा जाने वा एक्वायर गर्ने बाटो खुल्ला राखिएको जनाएको छ । माछापुच्छेसँग मर्जर भाँडिएपछि जनता बैंकले सेञ्चुरी कमर्सियल बैंकसँग समेत मर्जरको बिषयमा छलफल भएको थियो । तर जनता बैंककै कारण सेञ्चुरी बैंकसँग मर्जरको एमओयू हुन नसकेको स्रोतहरु बताउँछन ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19