काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध गाउने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, जनरल फाइनान्स लिमिटेडसंग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्तक्षर गरेको छ ।
यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र जनरल फाइनान्स लिमिटेडका तर्पmबाट उप प्रमुख कार्यकारी अधिकृत श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा संचालनको लागि NCHL-ECC प्रणाली उपलब्ध गराउने छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्भौतासँगै विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध हुने बैंक र वित्तीय संस्थाहरुको संख्या ११० पुगेको छ । नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरुका २,८०६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउदै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago