General Finance Limited
काठमाण्डौ । जनरल फाइनान्स लिमीटेडले आगामी साउन २६ गतेलाई बुक क्लोज मिति तोकेको छ ।
यो फाइनान्सले १ बराबर १.२५ को अनुपातमा हकप्रद निश्कासन प्रयोजनका लागि साउन २६ गतेलाई बुक क्लोजको मिति तोकेको हो ।
यसको अर्थ साउन २५ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।
यो फाइनान्सको २०७३ साउन १३ गतेको विशेष साधारणसभाले १२५ प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको थियो । निकै ढिलो गरी धितोपत्र बोर्ड र अन्य नियामकबाट स्वीकृत पाएपछि कम्पनीले हकप्रद निश्कासनको प्रक्रिया अन्तर्गत बुक क्लोजको मिति तोकेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago