काठमाण्डौ । पर्सि मंगलबारदेखि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर दोस्रो बजारमा कारोबार हुने भएको छ ।
भोलि सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच सूचीकरणसम्बन्धी सम्झौता हुने भएको नेप्सेले जनाएको छ । भोलि नेप्सेमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर सूचीकरण भएपछि पर्सि मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको हो ।
जनरल इन्स्योरेन्स कम्पनीलाई नेप्सेले जीआइसी कोड प्रदान गरेको छ । पर्सि मंगलबारदेखि दोस्रो बजारमा उक्त कम्पनीको मूल्य सीमा भने न्यूनतम रु.१०४.०२ देखि रु.३१२.०६ तोकिने र सोही मूल्य सीमामा पहिलो कारोबार हुनुपर्छ ।
यो कम्पनीले प्रतिकित्ता १०० दरका रु. ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
जनरल इन्स्योरेन्स कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले यस्ता संस्थाहरु वित्तीय दायित्वहरुको समयमै सेवा पुर्याउने सम्बन्धमा मध्यम जोखिम भएको मानिन्छ। यस्तै कम्पनीको आईपीओले केयर एनपी आईपीओ ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ। ग्रेडमा प्रयोग गरिने प्लस चिह्नले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago