काठमाण्डौ । एक महिनाअघि भारतको भविष्य भयावह हुुन सक्ने देखिएको थियो । विशेषज्ञहरुले भारतमा लाखौ कोरोनाभाइरसको संक्रमणका घटनाहरु देखिनसक्ने अनुुमान लगाएका थिए । 

कमजोर स्वास्थ्य प्रणालीमाथि दवाब पर्नसक्ने भएकाले डाक्टरहरुले भारतलाई, कोरोनाको संकटका लागि तयार अवस्थामा रहन चेतावनी दिएका थिए, कोरोनाभाइरसको घटनाक्रमलाई नजिकबाट नियालिरहेका विज्ञहरुले भारतका झुुपडपट्टीहरुबाट कोरोनाको संक्रमण डढेलो झै फैलन सक्ने चिन्ता प्रकट गरेका थिए । उनीहरुले भारतका यस्ता साँघुरा झुुपडपट्टीमा आधारभूत सरसफाइ र स्वास्थ्य सेवा उपलब्ध नभएकाले यी ठाउँबाट भारतमा कोरोना संक्रमण फैलनेसक्ने बताएका थिए । तर अहिलेसम्मको अवस्था हेर्दा विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले अनुुमान गरिएकोजस्तो खराब अवस्थालाई टारेको देखिएको छ । 

मंगलबारसम्म भारतमा ३१३६० वटा कोरोना संक्रमणका घटनाहरु पुुष्टि भएको छ भने मृत्युु हुुनेको संख्या १००८ पुुगेको छ । कोरोनाबाट मृत्युु हुुनेको संख्या प्रति १० लाखमा ०.७६ जना रहेको छ । यो संख्या अमेरिकाको तुुलनामा निकै कम हो । अमेरिकामा प्रति दश लाखमा १७५ जनाभन्दा बढीको कोरोना संक्रमणबाट मृत्युु भइरहेको छ । 

केही विशेषज्ञहरुले भारतमा कोरोनाको संक्रमण र मृत्युु कम देखिनुुमा भारत सरकारले जारी गरेको लकडाउन कारण भएको बताएका छन् ।

उनीहरुले भारत सरकारले कोरोना रोकथाम र नियन्त्रण लागि देशव्यापी रुपमा लागू गरेको लकडाउनले काम गर्न सुुरु गरेको बताएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल १४ मा लकडाउनलाई थप २१ दिन लम्बाउने निर्णय गर्दै “भारत समस्या समाधान गर्नका लागि समस्या कुुरेर बस्दैन” भनेका थिए । “यसको साटो हामीहरुले समस्या देखा पर्ने बित्तिकै द्रूत निर्णयहरु गरेर यसलाई रोक्न खोज्यौ । यस्तो द्रूत निर्णयहरु नगरेको भए अहिले कस्तो अवस्था सिर्जना हुुन्थ्यो, भनेर म कल्पनासम्म गर्न सक्ँिदन ।” उनले भने । 

तर भारतको कोरोनाको संख्याको वास्तविकता पछाडि धेरै जटिलताहरु रहेका छन् । विशेषज्ञहरुले भारतले आफैंलाई बधाई दिनुु हतार हुुनसक्ने चेतावनी दिएका छन् । “अहिलेको यो चरणमा भाइरसले आशंका गरिएको जस्तो नोक्सान पुुर्याएको छैन ।” तालिम, अनुुसन्धान र नीति निर्माण गर्ने गैरनाफामूलक संस्था पब्लिक हेल्थ फाउन्डेसन अफ इन्डियाका अध्यक्ष श्रिनाथ रेड्डीले भने । “मलाई लाग्दैन कि हामीले यो विषयको किताबलाई पूर्ण रुपमा बन्द भएको घोषणा गर्न सक्छौ ।” उनले भने । 

कति द्रूत थिए मोदीका निर्णयहरु ?
मार्च २४ मा मोदीले भारत तीन साता लामो लकडाउनमा जान लागेको घोषणा गरेका थिए । यो लकडाउनको घोषणा वास्तवमै अभूतपूर्व थियो ।

भारतको जनसंख्या विश्वमा चीनपछि धेरै छ । विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनले कहिल्यै पनि राष्ट्रव्यापी लकडाउन लागू गरेन । उसले सहर केन्द्रीत लकडाउन मात्रै लागू गरेको थियो । त्यसैले भारतको यो निर्णय उच्चस्तरीय थियो । 

सम्पूर्ण देश लकडाउनमा जानुु भनेको दैनिक रुपमा ज्यालादारी गर्ने करोडौ मजदुुरहरु आम्दानीविहीन बन्नुु थियो । 

तर, अर्काेतर्फ लकडाउन नगर्दा देशको कमजोर स्वास्थ्य प्रणालीलाई जोखिम र दवाब दिनुुजस्तै थियो । एक अध्ययनले गरेको प्रक्षेपण अनुुसार यदि उचित सामाजिक दुुरी कायम नगरिए जून महिनासम्म भारतका १५ करोड मानिसहरुमा कोरोना संक्रमण फैलनेछ । 

शुुक्रबार भारतका एक उच्च महामारी अधिकारीले यदि राष्ट्रव्यापी लकडाउन लागू नगरिएको भए भारतमा यतिबेलासम्म कोरोना संक्रमितको संख्या १ लाख भन्दा धेरै पुुगिसकेको हुुनसक्ने बताएका थिए । 

भारत तुुलनात्मक रुपमा द्रूत गतिमा लकडाउनमा उत्रिएको थियो । भारतमा लकडाउन घोषणा हुनुपूर्व ५१९ वटा कोरोना संक्रमित देखिएका थिए । इटलीले ९२०० कोरोना संक्रमित देखिएपछि मात्रै राष्ट्रव्यापी लकडाउन लागू गरेको थियो । 

त्यस्तै अमेरिकाले ६७०० कोरोना संक्रमित पुुगेपछि लकडाउन लागू गरेको थियो । अमेरिका र नयाँदिल्लीमा कार्यालयहरु भएको सेन्टर फर डिजिज डाइनामिक्स, इकोनोमिक्स एण्ड पोलिसी नामक गैरनाफामूलक अनुुसन्धानात्मक संस्थाका निर्देशक रामानन लक्ष्मीनारायणका अनुुसार कोरोना संक्रमणका घटना कम रहेकै बेला तुुरुन्तै लकडाउन गरिएका कारण अहिले संक्रमणको फैलावटमा उल्लेख्य कमी आएको हो । लकडाउन लागू भएपछि कामविहिन बनेका भारतका मुुख्य सहरमा रहेका हजारौं आप्रवासी कामदारहरुले सहर छोड्ने प्रयास गरेका थिए । जसका कारण यी आप्रवासी कामदारहरुले संक्रमण फैलाउनसक्ने भय बढाइदिएको थियो । उत्तरप्रदेश राज्यका केही अधिकारीहरुले त अन्य राज्यबाट फर्केका कामदारहरुलाइ भाइरस मार्ने भन्दै विषाक्त स्प्रे छर्कने जस्तो अप्रभावकारी कार्य गरेका थिए । 

भारतमा लकडाउन लागू भएको एक सातापछि मुुम्बइको बाक्लो बस्ती भएको झुुपडपट्टीमा दुुईजनाको कोरोना संक्रमणबाट मृत्युु भएको थियो । कोरोनाबाट मृत्युु भएपछि मृतकका परिवारका सबै सदस्यको परीक्षण गरिनुुका साथै उनीहरुलाई होम क्वारेन्टाइमा राखिएको थियो । यसका साथै ३०० वटा घरहरु भएको एउटा सिंगै ब्लक र ९० वटा पसलहरुलाई सिल गरिएको थियो । 

लकडाउन पूर्व नै भारतले अन्य उपायहरु अबलम्बन गरिसकेको थियो । मार्च ११ मा भारतले सबै पर्यटक भिसाहरुलाई रद्ध गरेको थियो र विश्वका कोरोना प्रभावित देशहरुबाट आएका सबैलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखेको थियो । मार्च २२ देखि सबै अन्तर्राष्ट्रिय व्यापारिक उडानहरु रद्ध गरिएको थियो । त्यस्तै रेल सेवालाई पनि भारतभर बन्द गरिएको थियो । तुुलना गर्नुुपर्दा अमेरीकाले चीन, इरान र युुरोपका केही निश्चित देशहरु बाहेका विदेशी नागरिकहरुलाई अमेरिकामा प्रवेशमा कुुनै रोक लगाएको थिएन । 

यदि संख्या सहि रहनेछ भने के हुुन्छ ?
महामारीप्रतिको बुुझाई प्रत्येक देशको उपलब्ध संख्यामा हुुने गर्दछ र यो परीक्षणमा निर्भर हुुने गर्दछ । भारतको स्वास्थ्य मन्त्रालयका अनुुसार आइतबारसम्म भारतले देशभर ६२५००० परीक्षण गरेको छ । जुुन संख्या परीक्षणका लागि प्रशंसित भएको दक्षिणकोरियाभन्दा धेरै हो । जब सार्वजनिक स्वास्थ्य अधिकारीहरु देशमा परीक्षण कति आक्रामक छ भनेर आँकलन गरिरहेका छन् तब उनीहरु कुुल संख्यालाई एक्लै हेर्ने गर्दैनन् । यसको साटो उनीहरु अक्सर देशको पोजेटिभ परीक्षण दरलाई हेर्ने गर्दछन् । यदि परीक्षणको ठूलो हिस्सा पोजेटिभ देखिन थाल्यो भने यसले केवल गम्भीर मामिलालाई मात्रै संकेत गर्ने गर्दछ, अस्पतालमा रहेकाहरुको परीक्षण गरिएको जस्तै । 

विश्व स्वास्थ्य संगठनको हेल्थ इमरजेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक राइनका अनुुसार एउटा राम्रो बेञ्चमार्क हुुनका लागि प्रत्येक पोजेटिभ केसमा दशवटा नेगेटिभ देखिनुुपर्दछ । भारतको स्वास्थ्य मन्त्रालयका अनुुसार भारतको करीब ४ प्रतिशत परीक्षणहरु पोजेटिभ देखिएका छन् । जुुन आँकडा बेञ्चमार्कभन्दा कम हो । यो आँकडा अमेरिकाको भन्दा धेरै नै कम हो । 

जोन होपकिङ युुनिर्भसिटीको आँकडा अनुुसार अमेरिकामा करीब १७ प्रतिशत परीक्षणहरु पोजेटिभ देखिएका छन् । भारतको पोजेटिभ परीक्षण बेलायतकोभन्दा पनि कम रहेको छ । बेलायतमा करीब २१ प्रतिशत परीक्षण पोजेटिभ देखिएका छन् । 

अर्काे उपयोगि उपाय मृत्युुको अनुुपात हो । भारतमा करीब ३ प्रतिशत संक्रमितको मृत्युु भएको छ । इटली, बेलायत र फ्रान्समा करीब १३ प्रतिशतभन्दा धेरै संक्रमितको मृत्युु भएको छ । यसले के देखाउँछ भने भारतले अति गम्भीर लक्षणबाहेकका मानिसहरुको मात्रै परीक्षण गरिरहेको छ । तर प्रतिजनसंख्याको आधारमा भारतले एकदमै कम मानिसहरुको परीक्षण गरिरहेको छ । 

भारतमा प्रति १ लाख जनसंख्यामा ४८ जनाको मात्रै परीक्षण भइरहेको छ । दक्षिण कोरिया र अमेरिकामा यो संख्या प्रति १ लाख जनसंख्यामा क्रमश ११७५ र १७४० रहेको छ । 

भारतका स्वास्थ्यविज्ञहरुले भारतले परीक्षणको क्षमता बढाउने दिशामा एकदमै सकारात्मक सुुधार गरे पनि आफूहरु परीक्षणको संख्यालाई लिएर खुुसी नभएको बताएका छन् । भारतले परीक्षणको संख्या नबढाए पनि डाक्टरहरुले संक्रमणका मध्यम र गम्भीर केसहरु मात्रै भेटिरहेका छन् । उनीहरुका अनुुसार यदि भारतमा कोरोनाको महामारी व्यापक फैलिएको भए अस्पतालहरु इन्फ्लुुइञ्जा जस्ता लक्षणका बिरामीहरुले भरिएका हुुन्थे । जसका कारण उनीहरुले भारतमा कोरोना संक्रमण व्यापक रुपमा नफैलिएको बताएका छन् । 

तथापि, कोरोना संक्रमणको लक्षणहरु इन्फ्लुञ्जाको भन्दा धेरै भिन्न भएको प्रमाणहरु जुुटिरहेका छन् । 

के हामीले सोचेभन्दा धेरै मानिसहरु मरिरहेका छन् ?
जब भारतले महामारीको सामना गरिरहेको थिएन, त्यतिबेला जम्मा २२ प्रतिशत मृत्युु मात्रै चिकित्सकीय रुपमा प्रमाणित भएका थिए । जसको अर्थ मृत्युुको अधिकांश घटनामा, मृत्युुको आधिकारिक कारण चिकित्सकबाट प्रमाणित गरिएको छैन । कोरोनाबाट मृत्युु भएका केही मृत्युुहरु त परीक्षण पनि नगरिएको प्रमाणहरु फेला परेका छन् । जुुन मृत्युुको संख्याहरु आँकडामा अटाएका छैनन् । 

मुुम्बइको मुुख्य सरकारी अस्पतालका एक डाक्टरका अनुुसार अस्पतालमा ल्याइएका बिरामीहरुमा कोरोना संक्रमणको परीक्षण गरिँदैन । उनले डाक्टरहरुलाई कोरोनाको आशंका लागे पनि परीक्षण नगर्ने गरिएको बताए ।
(सिएनएनबाट भावानुवाद)