काठमाण्डौ । बैंक खातामा १ हजार रुपैयाँ रहेका एक व्यक्तिको खातामा एकाएक ७५३ करोड भारु जम्मा भएको सन्देश आउँदा आश्चर्यचकित हुनु स्वभाविक नै हो ।

एकातिर उनी खुशी थिए भने अर्कातिर उनमा तनाब पैदा भएको तियो । हुन त उनी त्यति ठूलो रकम खातामा आउनुमा बैंकका कर्मचारीको गडबडि हो भन्नेमा विश्वस्त थिए । कुरा गत शनिबार बिहानको हो । भारतको चेन्नईमा एक फार्मेसीमा कार्यरत मोहम्मद इद्रिस आफ्नो कोटक महिन्द्रा बैंक खातामा ७५३ करोड भारु जम्मा भएको सन्देश पाएपछि छक्क परे।

तर, फार्मेसी कर्मचारीको खाता रहेको कोटक महिन्द्रा बैंक शाखाले प्राविधिक गडबडीका कारण रकम जम्मा भएको भन्दै रोक्का गरेको थियो । रिपोर्टका अनुसार फार्मेसी मजदुर इद्रिस विगत १० वर्षदेखि चेन्नईको तेनाम्पेट क्षेत्रमा बस्दै आएका छन् ।
खातामा थियो १ हजार भारु मात्र
शनिबार बिहानसम्ममा इद्रिसको बैंक खातामा ३ हजार रुपैयाँ थियो र उनले साथीलाई २ हजार रुपैयाँ ट्रान्सफर गरेपछि  खातामा ठूलो रकम जम्मा भएको सन्देश आएको थियो ।

क्रेडिट म्यासेज पाएपछि इद्रिसले बैंकमा सम्पर्क गरी यसबारे सोधपुछ गरे । तमिलनाडुमा पछिल्लो डेढ महिनामा एक व्यक्तिको बैंक खातामा १०० करोड भारु जम्मा भएको यो तेस्रो घटना हो।
दोस्रो घटनामा  ७५६ करोड भारु जम्मा भयो
यस घटनाको एक दिनअघि, स्थानीइ एक २९ वर्षिय युवकले आफ्नो कोटक महिन्द्रा बैंक खातामा ७५६ करोड भारु प्राप्त गरेका थिए । पछि बैंकलाई खबर गरेपछि पैसा फिर्ता भयो ।

यस्तै अर्को एउटा घटनामा, एक महिनाअघि ९ हजार करोड गल्तीले तमिलनाडु मर्केन्टाइल बैंकले चेन्नईमा क्याब चालकको खातामा जम्मा गरिदिएको थियो । एजेन्सी