काठमाण्ठौ । जम्मु कश्मीर मामिलालाई लिएर पाकिस्तानले भारतसँगको राजनीतिक सम्बन्धलाई सीमित गर्ने र द्विपक्षीय व्यापारिक सम्बन्ध स्थगित गर्ने घोषणा गरेको छ । यसका साथै पाकिस्तानले आफ्ना देशमा रहेका भारतका उच्चायुक्तहरुलाई देश निकाला गर्ने निर्णय गर्नुका साथै हवाई क्षेत्र पनि बन्द गरेको छ ।
प्रधानमन्त्री इमरान खानको अध्यक्षमा बसेको पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठकले यी निर्णय गरेको हो । बैठकमा विदेशमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, सेना र खुफिया एजेन्सीका अधिकारीहरु सहभागी थिए।
बैठकमा कश्मीरको स्वायत्ततामा भारत सरकारले एकतर्फी र गैरकानुनी रुपमा गरेको कारबाहीका विषयमा चर्चा भएको थियो । बैठकमा भारत प्रशासित जम्मु–कश्मीर र नियन्त्रण रेखाको अवस्थाका बारेमा विचार विमर्श भएको थियो । बैठकले भारतसँगको राजनीतिक सम्बन्ध सीमित गर्नुका साथै द्विपक्षीय व्यापार निलम्बित गर्ने निर्णय गरेको छ ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले भारतको नयाँदिल्लीस्थित पाकिस्तानी दूतावासबाट आफ्ना राजदूतलाई छिटै बोलाउने र इस्लामाबादबाट भारतीय राजदूतलाई भारत फर्किन निर्देशन दिइने बताए । ‘यो मामिला संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा उठाउने निर्णय भएको छ’, उनले भने।
यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू(कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए।
भारत(प्रशासित कश्मीरमा लगाइएका प्रतिबन्धले त्यहाँको मानव अधिकारको अवस्था झन् बिग्रिने जनाएको छ।
हिमाली क्षेत्र कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी रहे पनि ती दुई देशले केही भागमा मात्र शासन गर्दै आएका छन्।
भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेको छ जसका कारण तीन दशकमा हजारौँले ज्यान गुमाइसकेका छन्।
भारतले त्यस्ता आन्दोलनकारीहरूलाई पाकिस्तानले सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ।
पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आत्मनिर्णय चाहने कश्मीरीहरूलाई नैतिक र कूटनीतिक सहयोग मात्रै दिएको बताएको छ।
भारत सरकारले सोमवार जम्मू(कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि शुरू भएको बहस जारी छ।
भारतले जम्मू-कश्मीरलाई विशेष दर्जा दिनुको पछाडि ऐतिहासिक कारण छ जुन सन् १८४७ मा महाराजा गुलाब सिंहले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग जम्मू(कश्मीर किनेदेखि शुरू हुन्छ।
यसैबीच पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एउटा करिडोर बन्द गरिदिएको छ । जसले गर्दा भारतको उडान १२ मिनेट बढी लाग्ने भएको छ ।
हवार्ई क्षेत्र बन्द गरिदिन भारतले आफ्नो हवाई उडान अर्को रुटबाट गर्नुपर्ने हुन्छ । यद्यपि यसबाट खासै धेरै नोक्सानी नहुने भारतीय अधिकारीहरुले बताएका छन् ।
पाकिस्तानी हवाई क्षेत्रहुँदै एअर इन्डियाको दैनिक ५० फ्लाइट अमेरिका, युरोप र मध्यपूर्वका देशहरुमा हुने गरेको छ । –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19