काठमाण्डौ। युनिलिभरको कथित गोरोपन बढाउने फेस क्रिमको बजारीकरणको तरिका अब परिवर्तन हुने भएको छ।
युनिलिभरले बिहीबार एउटा वक्तव्य जारी गर्दै उसले आउँदो साता ‘फेयर एन्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गर्ने घोषणा गरेको हो। यतिमात्रै होइन कम्पनीले गोरो वा गोरोपनजस्ता शब्दको प्रयोग पनि आफ्नो उत्पादन तथा विज्ञापनमा प्रयोग नगर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार स्किन केयर क्याटगरीका उत्पादनमा सुन्दरताको नजर पनि परिवर्तन गर्ने भएको छ। कम्पनीको ब्युटी तथा पर्सनल केयर डिभिजनकी प्रेसिडेन्ट सन्नी जैनले भनिन्, ‘हामी आफ्नो स्किन केयर ब्रान्डहरुको ग्लोबल पोर्टफोलियोलाई लिएर निकै समर्पित छौँ। यसले सबै रङ र खालका स्किन टोन्सलाई ख्याल राख्छ। हामी यो ठान्छौँ कि ‘फेयर’, ‘ह्वाइट’ र ‘लाइट’ जस्ता शब्द सुन्दरतासम्बन्धी नजरलाई वर्णन गर्छन्। हामीलाई लाग्छ कि यो सही होइन, त्यसैले हामीले यो कदम उठाउन लागेका हौँ।’
बजारमा ठूलो माग
फेयर एन्ड लभ्ली ब्रान्ड भारतका अलावाल नेपाल, बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान र एसियाजस्ता अन्य मुलुकमा बेचिन्छन्। पछिल्ला दिनहरुमा सोसल मिडियाहरुमा विश्वभर यस्ता उत्पादनविरुद्ध आक्रोशको माहोल देखिएको छ। समाजमा गोरोपनलाई लिएर दक्षिणी एसियाली बजारमा यो उत्पादनको माग बढ्दो छ।
युनिलिभरको फेयर एन्ड लभ्ली ब्राडको दक्षिण एसियाली बजारमा दबदबा छ। यद्यपि लोरियल र प्रोक्टर एन्ड ग्लोबल पनि यस्ता उत्पादन बनाउँछन्।
अमेरिकामा जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका क्रममा केही समययता यी कम्पनीका उत्पादनले कडा आलोचनाको सामना गर्नुपरिरहेको छ। यी उत्पादनले रंगभेदलाई बढावा दिइरहेको आरोप लागिरहेको छ।
पुरानो माग
भारतमा फेयर एन्ड लभ्ली सन् १९७५ बाट बेच्न सुरु गरिएको हो। गत वर्षमात्र भारतीय बजारमा कम्पनीले ५० करोड डलरको फेयर एन्ड लभ्ली बेचेको थियो।
फेयर एन्ड लभ्लीको बजारीकरण बन्द गर्नका लागि वर्षौदेखि माग गर्दै आइरहेको छ तर फेरि केही दिनयता यो आवाज उठ्न थालेको छ।
यही महिना युनिलिभरको प्रतिस्पर्धी कम्पनी जोनसन एन्ड जोनसनले आफ्नो गोरोपन बढावा दिने क्रिमको बिक्री बन्द गर्ने घोषणा गरेको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19