काठमाण्डौ। कोरोनाभाइरस संक्रमणलाई ध्यानमा राख्दै जर्मनीमा यो वर्ष चर्चित बियर फेस्टिभल ‘अकटोबर फेस्ट’ नहुने भएको छ।

जर्मनीमा हरेक वर्ष यो फेस्टिभल हुँदै आएको थियो। जसमा ६० लाखका हाराहारीमा सहभागी हुन्थे। 

यस वर्ष फेस्टिभल सेप्टेम्बर १९ देखि अक्टोबर ४ मा हुने भनिएको थियो। 

बियर फेस्टिभल रद्द गरिएपछि यसको प्रत्यक्ष असर जर्मनीको म्युनिखको अर्थव्यवस्थामा पर्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ। यो फेस्टिभलबाट म्युनिख सहरले हरेक वर्ष लगभग १.०७ बिलियन डलर आम्दानी गर्दै आएको थियो। 

जर्मनीमा मंगलबार बिहानसम्म ४ हजार ६०० भन्दा बढीको ज्यान गइसकेको छ। बितेको २४ घन्टामै १ हजार ७८५ जना नयाँ संक्रमित फेला परेका छन्। योसँगै संक्रमितको संख्या जर्मनीमा १ लाख ४३ हजारभन्दा बढी पुगेको छ। – एजेन्सी