काठमाण्डौ । जर्मनीले आधिकारिक रुपमा विश्वको सबैभन्दा ठूलो सुपरयाच कब्जा गरेको छ। यो सुपरयाचको सम्बन्ध रुसी व्यापारी अलिशेर उस्मानोभसँग छ।
रुस–युक्रेन युद्धपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण विश्वभरका रुसी व्यापारीहरुको सम्पत्ति जफत भइरहेको छ। फोर्ब्स पत्रिकाका अनुसार विश्वको सबैभन्दा ठूलो ‘दिलबर’ सुपरयाच १६८० फिट लामो छ र यसको अनुमानित मूल्य ६० करोड डलर रहेको छ।
गत वर्ष अक्टोबरदेखि याच मर्मतका लागि ह्याम्बर्ग शिपयार्डमा उभाइएको थियो। जर्मन भन्सार अधिकारीहरुले धेरै हप्तादेखि याचलाई हेरिरहेका थिए तर यसको स्वामित्वको विवादका कारण आधिकारिक रुपमा कब्जा गर्न सकेका थिएनन्।
अहिले जर्मनीको संघीय न्यायिक प्रहरीले लामो अनुसन्धान र कम्पनीहरु लुकाएर राख्दा पनि ‘दिलबर’ को मालिक पहिचान गर्न सफल भएको दाबी गरेका छन्। यो सुपरयाच अलीशेर उस्मानोभकी बहिनी गुलबखोर इस्माइलोभाको रहेको जर्मनीको दाबी छ।
जर्मन प्रहरीले ट्विटरमा भनेको छ, ‘लक्जरी याच अब देश प्रतिबन्धको अधीनमा छ र ह्याम्बर्गमा जफत हुन सक्छ।’
रुसी अर्बपति व्यापारी र उनकी बहिनी दुवै धनी रुसी व्यापारी र तिनका परिवारका सदस्यविरुद्ध ईयूको प्रतिबन्धको निशानामा छन्। सन्डे टाइम्सको सूचीअनुसार ६८ वर्षीय उस्मानोभ सन् २०२१ मा बेलायतको छैटौं धनी व्यक्ति थिए।
पश्चिमी प्रतिबन्धहरुले युक्रेन युद्धपछि दर्जनौँ रुसी व्यवसायीलाई लक्षित गरेको छ। जसमा अब उस्मानोभको नाम समावेश भएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago