काठमाण्डौ । टेस्लाका फाउण्डर तथा सीइओ एलन मस्कको निजी सम्पत्ति मंगलबार केवल ६ घण्टामा १६ अर्ब डलर घटेको छ ।
टेस्ला कम्पनीको सेयरमूल्यमा आएको भारी गिरावटका कारण मस्कलाई ६ घण्टाको अवधिमा यति ठूलो झट्का लागेको हो ।
मस्कले मंगलबार ६ घण्टामा जति सम्पत्ति गुमाए, त्यो भनेको नेपाली १९०० अर्ब रुपैयाँ हाराहारी हो ।
यति ठूलो गिरावटसँगै एलन मस्क विश्वका टप अर्बपतिको सूचिबाट समेत चिप्लिएका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको पछिल्लो अर्बपतिको सूचिअनुसार मस्क अब विश्वका छैठौं धनी तथा फोब्र्सको सूचिमा आठौं धनी व्यक्तिमा सीमित हुन पुगेका छन् । अगस्टको अन्तिममा उनी जेफ बेजोस र बिल गेट्सपछि विश्वकै तेश्रो धनी व्यक्तिको सूचिमा उक्लिन सफल भएका थिए ।
मंगलबार टेस्ला कम्पनीको सेयरमूल्यमा २१ प्रतिशतको रेकर्डेड गिरावट आएको छ । यो कम्पनीको सेयरमा एकदिनमै आएको हालसम्मकै सबैभन्दा ठूलो गिरावट रहेको सिएनएनले जनाएको छ ।
इलेक्टिक कार बनाउने यो कम्पनीलाई एस एण्ड पी ५०० मा सूचिकरण नगरिएकै कारण सेयरबजारमा यति ठूलो गिरावट आएको बताइएको छ ।
जुलाईमा धमाकेदार प्रदर्शनपछि लगानीकर्ताहरुमा यो कम्पनी पनि एस एण्ड पी ५०० मा स्थान पाउने आशा थियो, त्यो तुषारापात भएपछि यति ठूलो गिरावट आएको हो ।
यसअघि शुक्रबारको अन्तिम बिक्री मूल्यअनुसार हिसाब गर्दा यो कम्पनीको सेयर चालु वर्ष मात्रै ५ गुणा बढिसकेको थियो । यसका साथै यो कम्पनीको बजार पूँजीकरण विश्वका सबै कार कम्पनीभन्दा बढी रेकर्ड भएको थियो । यस्तो रेकर्ड बन्नु नै यसकारण अनौठो थियो कि टोयोटा र जिएम जस्ता जायन्ट कार कम्पनीको सामुन्ने टेस्लाको उत्पादन केही पनि होइन ।
ब्लुमबर्गका अनुसार एकैदिनको यति ठूलो नोक्सानी बाबजुद मस्कको सम्पत्ति घटेर ८२.२ अर्ब डलरमा सीमित भएको छ । स्पेश एक्स तथा दी बोरिंग कम्पनीका मालिक मस्कले यो वर्ष मात्रै ५७.७ अर्ब डलर बनाएका छन् । यो वर्ष सम्पत्ति कमाउने मामलामा मस्कभन्दा अगाडि एमेजनका मालिक जेफ बेजोस मात्रै छन्, जसले ७१.१ अर्ब डलर सम्पत्ति बढाएका देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago