 
                     
                                
                             
                                    काठमाण्डौ । भारतको सेयरबजारमा विजय केडिया कुनै अपरिचित व्यक्तित्व होइन । हुन त आजको यो अवस्थामा आइपुग्दा उनको कडा मिहिनेत अनि त्याग रहेको छ ।
कुनै समय उनीसँग आफ्ना बच्चाको लागि दूध किन्नका लागि १४ रुपैयाँ(भारु) पनि खल्तिमा थिएन ।त्यो बेला दूधको मूल्य प्रतिप्याकेट १४ रुपैयाँमात्र थियो। ।त्यसो त जीवनमा कहिलेकाहीं कठिनाइहरूको आइपर्छन् र सामना गर्नुपर्दछ ।कतिपय मानिसहरू त्यस्ता कठिनाइहरूबाट डराउँछन्। तर कतिपय व्यक्तिहरू कठिनाइलाई सामना गर्दै सफलताको नयाँ तरिकाहरू खोज्छन्।
यहि तरिका अपनाएर छोटो समयमा नै सेयरबजारबाट उनै केडियाले कसरी लोभलाग्दो आम्दानी गरे भन्ने कुरालाई आज यो श्रृंखलामा चर्चा गर्न खोजिएको छ । कोलकाताको एक मध्यमवर्गीय परिवारमा जन्मेका केडियाका बुबा स्टक ब्रोकर थिए। तर १० कक्षामा पढ्दै गर्दा एकदिन उनको बुवाको निधन भयो । उनका लागि यो ठूलो धक्का थियो । परीक्षा पनि राम्रोसँग दिन सकेनन् र फेल भए । बुबा बितेपछि आम्दानीको श्रोत थिएन ।
तापनि केडियाले हिम्मत होरनन् र कसैगरी स्नातक तह उत्तिर्ण गरे र घर चलाउन काम गर्ने सोच गरे। अरु काम फेला नपरेपछि उनले सेयर बजारमा कारोबार गर्न थाले ।
यसबाट जति पनि आम्दानी हुन्थ्यो, त्यो घरायसी खर्च धान्न मात्र पुग्थ्यो। र यहीबीचमा उनको विवाह भयो । एउटा बच्चा पनि जन्मियो । सेयर बजारमा घाटा भोगिरहेका उनीसँग आफ्नो बच्चालाई खुवाउनका लागि दूध खरीद गर्ने पैसा पनि थिएन । एक दिन बच्चा भोकले रोइरहेको थियो । विजयकी श्रीमतीले दूधको प्याकेट ल्याउन भनिन् ।
त्यतिबेला दूधको प्याकेटको मूल्य १४ रुपैयाँ थियो तर उनको खल्तिमा त्यति पैसा पनि थिएन । हार मान्नुको सट्टा उनले लड्ने निर्णय गरे। सन् १९९० मा कोलकाता छाडेर मुम्बई गए, त्यसपछि उनको भाग्य बद्लिन शुरु भयो ।
वियरिस ट्रेन्डमा रहेको सेयर बजार जब सन् १९९२ बाट बुलिस ट्रेन्डमा जान शुरु गर्यो तव उनले मनग्ये आम्दानी गरे । उनले मात्र होइन, कयौं लगानीकर्ताले बुलिस ट्रेन्डमा अरु लगानीकर्ताले मनग्य कमाए ।
कोलकातामा रहँदा ३५ हजार भारुमा पञ्जाब ट्र्याक्टरको सेयर खरीद गरेका उनले बुलिस ट्रेन्डमा उक्त कम्पनीको सेयरमूल्य पाँच गुणा बढ्यो । उनले यसलाई बिक्री गरे अनि एसीसी कम्पनीको सेयर खरीद गरे । यसको मूल्य पनि एक वर्षमा १० गुणा बढ्यो। त्यसपछि उनले मुम्बईमा एउटा घर किने र परिवारलाई पनि कोलकात्ताबाट मुम्बई ल्याए।
र खरीद गरे दूध कम्पनी 
विजयले सन् २००९ मा प्रसिछ सियाराम दूध कम्पनीको केहि सेयर खरीद गरे । उनले आफ्नी श्रीमतीसँग माफी माग्दै विगतको स्मरण गरे र भने, ‘यो १४ रुपैयाँको बदला हो जुन हामीले त्यतिबेला एक प्याकेट दूध किन्न सकेका थिएनौं ।’ 
सन् २०२२ मा फेरि उनले उक्त कम्पनीको १.१ प्रतिशत सेयर किने । कम्पनीको सेयरमूल्य अहिले प्रतिकित्ता ५५१.०५ भारु रहेको छ ।उनै विजय केडिया आज ८०० करोडभन्दा बढीको सम्पत्तिका मालिक छन्। -एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19