काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे ।

सो शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभासदस्य करबीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । 

स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखाजाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले खुशी व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख माईक्रो बैंकिङ यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासका लागि बैंक अपरिहार्य रहेको बताए । 

सिभिल बैंकले हालसम्मकरीब ३००,००० ग्राहकहरु रहेको, करीब रु.४४ अर्ब निक्षेप परिचालन गरी करीब रु.४४ अर्ब कर्जा लगानी गरेको छ ।

शिवालय शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ ।