काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दसौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ। 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षति भएकोले निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको कम्पनीले जनाएको छ। 

वार्षिकोत्सवका अवसरमा यसअघि कम्पनीले गत कात्तिक १७ गते रक्तदान कार्यक्रम गरेको थियो। कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए। 

औपचारिक वार्षिकोत्सव कार्यक्रम स्थगित गरिए पनि भोलि कात्तिक २१ गते प्रभातफेरी, स्मारिका विमोचन र शुभकामना एवं प्रतिबद्धता प्रकाशन कार्यक्रम यथावत रहेको कम्पनीले जनाएको छ।