काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा २४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफामा ९१.३४ प्रतिशतको गिरावट आएको छ।
यो त्रैमासमा कम्पनीले ३४ लाख १६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ करोड ३९ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफामा पनि ८९.९३ प्रतिशतको गिरावट आएको छ। 

समीक्षा अवधिमा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ करोड ६ लाख रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी २४.६२ प्रतिशतले बढेको छ।

पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी ६९ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार थोरै बढेर २० करोड ५१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १९ करोड ४९ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १०.०२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ४.१५ प्रतिशत थियो। सीडी रेसियो ८६.८४ प्रतिशत रहेको कम्पनीको आधारदर १२.५६ प्रतिशत छ। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.४० रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ४.६५ रुपैयाँ रहेको थियो। पीई रेसियो पनि २५३.८९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.८० रुपैयाँ रहेको छ।