काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जानकी फाइनान्स कम्पनी लिमिटेडले १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ५८.९९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ५७.९८ प्रतिशतले घटेर १ करोड ७९ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। 

कम्पनीले खुद ब्याज आम्दानीबापत १० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष ९ करोड ५१ लाख रुपैयाँमा सीमित थियो। ब्याज आम्दानी ६.१५ प्रतिशतले बढेको छ। 

दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ८ करोड निक्षेप संकलन गरी २ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ६९ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार थोरै घटेर २० करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा २० करोड ५४ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ११.१८ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ५.३१ प्रतिशत थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.८५ रुपैयाँ घटेर ४.२३ रुपैयाँमा झरेको छ। पीई रेसियो १००.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.९१ रुपैयाँ रहेको छ।