काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ३ करोड ३० लाख रुपैयाँ घाटा भएको थियो। 

यो अवधिमा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ३ करोड ४५ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो। 

दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ६५.३० प्रतिशतले बढेर ९ करोड ५१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी ५ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ६० करोड ४ लाख रुपैयाँ रहेको कम्पनीले रिजर्भको आकार २७.७० प्रतिशतले बढाउँदै ३४ करोड ५ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २६ करोड ६६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले खराब कर्जा (एनपीएल)मा सुधार गर्दै ५.३१ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ७.९३ प्रतिशत थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.८५ रुपैयाँमा कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ११.०१ रुपैयाँले ऋणात्मक रहेको थियो। 

पीई रेसियो ६० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ र तरलता अनुपात ३१.८५ प्रतिशत रहेको छ।