काठमाण्डौ । ह्याकरहरुको एक समूहले जापानको एक एक्सचेञ्जलाई ५८ अर्ब जापानी रुपैयाँ(करिब ५५ अर्ब रुपैयाँ) बराबरको रकम चूना लगाइदिएको छ । जापानी मिडियाहरुले यस्तो दाबी गर्दै समाचारहरु प्रकाशित गरेका हुन् ।

काइनचेक एक्सचेञ्जले शुक्रबार आफ्नो वेबसाइटमा भनेको छ कि उसले नेम(ल्भ्ः) नामको डिजिटल करेन्सी कारोबारमा रोक लगाएको छ । वेबसाइटमा उसले अन्य क्रिप्टोकरेन्सीको कारोबार तथा डिलिङमा समेत रोक लगाइएको प्रष्ट्याएको छ । 

शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा काइनचेकका प्रेसिडेन्ट कोइचिरो वादाले झूकेर माफी मागेका थिए । क्योदो न्यूज सर्भिसका अनुसार वादाले भनेका छन् कि कम्पनीले बित्तीय सहायताको माग गर्न सक्नेछ । जापानी टिभी फूटेजमा शुक्रबार राति ग्राहकका समूहलाई कम्पनीको टोकियोस्थित मुख्य कार्यालय अगाडि उभिएको अवस्था देखिएको थियो । 

एशियामा  आफूलाई बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो एक्सचेञ्ज  दाबी गर्ने काइनचेकले भनेको छ कि उसले शुक्रबार बिहान ३ बजे आफ्नो सिस्टममा अनधिकृत प्रवेश भएको पत्ता लगाएको थियो । यो ह्याकिङ सन् २०१४ मा जापानकै अर्र्को बिटक्वाइन एक्सचेञ्ज माउण्ट गोक्समा भएको ४८ अर्ब जापानी रुपैयाँ भन्दा ठूलो ह्याकिङ हो ।