काठमाण्डौ । विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापानको निर्यातमा दोहोरो अंकको गिरावट आएको छ।

कोरोनाभाइरस संक्रमणमा आएको तीव्रताकाकारण विश्व कारोबारमा गहिरो असर परेको छ। जसका कारण विश्वमा वस्तु तथा सेवाको माग पनि प्रभावित भएको छ। अहिले पूरै विश्वको अर्थव्यवस्थामा मन्दी देखिएको छ। 

यदि जापनमा मन्दी आयो भने पूरै विश्वको आर्थिक स्थिति खराब हुनेछ। अहिले जापानबाट कार र अटोपार्टसको मागमा भारी गिरावट आएको छ। 

गत मार्चामा विश्वस्तरमा कोरोना रोकथामका लागि लकडाउन लगाइएको थियो। त्यस क्रममा कार र अन्य टिकाउ सामानको मागमा भारी गिरावट आएको थियो। कारोबार बन्द थियो। मानिसहरु घरभित्रै थिए।

नोरिनचकिन रिसर्च इन्स्टिच्युटका चिफ इकनोमिस्ट ताकेशी मिनामीकाअनुसार निर्यातमा उतारचढाव लामो समयसम्म रहनेछ। ‘अमेरिका र अन्य थुप्रै मुलुकमा कोरोनाको बढ्दो मामिलाका कारण स्थिति झनै नाजुक बनेको छ’, उनले भने, ‘यदि घरेलु तथा विदेशी मागमा यस्तै गिरावट जारी रह्यो भने निर्यात क्षमता नराम्ररी प्रभावित हुनेछ। यसले अर्थतन्त्रमा धक्का पुग्नुका साथै लाखौँ मानिसको रोजगारी गुम्न सक्छ।’

जापानको विदेश मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष जुनको तुलनामा यो वर्षको जुनमा निर्यातमा २६.२ प्रतिशतको गिरावट आएको छ। जापानको निर्यातमा यो गिरावट अनुमानभन्दा धेरै बढी हो।

यसअघि मे महिनामा २८.३ प्रतिशतको गिरावट आएको थिया। जापानको निर्यातमा गिरावट सन् २००९ को मन्दीभन्दा धेरै देखिएको छ। जापानमा यो गिरावट अमेरिकाबाट भएको कम मागको ठूलो असर हो। 

सन् २०१८ मा अमेरिका जापानको सबैभन्दा ठूलो निर्यात मार्केट थियो र त्यसपछि चीन। जापान मुख्य रुपमा कार, मोटर्स, कार पार्टस र चिप–मेकिङ मेसिनरीको निर्यात गर्दछ। चीनका साथे जपानको निर्यातमा ०.२ प्रतिशत गिरावट आएको छ। 

जापानबाट चीनमा जाने सामान मुख्य रुपमा चिप–मेकिङ मेसिनी र केमिल मटिरियल्स छन्। 

एसियामा जापानको निर्यातमा १५.३ प्रतिशत र युरोपियन युनियनमा २८.४ प्रतिशतको गिरावट आएको छ। जापानमा सामानको मागमा आएका गिरावटको असर त्यहाँ तेल आयातमा पनि परेको छ। जुन महिनामा जापानमा तेलको आयात १४.४ प्रतिशतले घटेको छ। – एजेन्सी