काठमाण्डौ । विश्व व्यापार संगठन(डब्ल्यूटीओ) ले इजरायल-हमास युद्धले विश्वव्यापी व्यापार बृद्धिमा गम्भ्रि असर पार्न सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूटीओका महानिर्देशक न्गोजी ओकोन्जो- इवेलाले इजरायल-हमास युद्धबाट जारी द्वन्द्व मध्यपूर्वको बाँकी भागमा फैलिएमा विश्वव्यापी बृद्धि र व्यापारमा पर्ने असरबारे चिन्ता व्यक्त गरेकी हुन् ।

सीएनबीसीसँगको अन्तरवार्ताको क्रममा उनले भनिन् ‘याद राख्नुहोस् यो क्षेत्र प्राकृतिक ग्याँस र तेलको सन्दर्भमा विश्वको धेरै ऊर्जाको स्रोत हो, जुन अझै पनि विश्वभरी धेरै प्रयोगमा छ । यो क्षेत्रमा द्वन्द्व जारी रहे विश्वव्यापी व्यापारमा असर देख्नुहुनेछ ।’

गत अक्टोबरमा डब्ल्यूटीओले सन् २०२३ को लागि विश्वव्यापी व्यापार बृद्धि प्रक्षेपण कम गरेको थियो । विश्वव्यापी रुपमा क्रयशक्ति घट्दा कुल मागमा गिरावट आउने आधारमा उसले यो दावी गरेको थियो ।

जापानको ओसाकामा रहेकी उनले सीएनबीसीसँगको अन्तरवार्ताको क्रममा उनले भनिन्, ‘जारी द्वन्द्व मध्यपूर्वको बाँकी भागमा फैलिएमा विश्वस्तरमा पर्ने असरबारे हामी सवै प्रभावित हुन्छौं, त्यसैले हामी सबै मिलेर शान्तिमा जोड दिनुको विकल्प छैन ।’गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमास विद्रोहीहरूले हमला गरेपछि गाजापट्टीमा इजरायलले सैन्य अभियान शुरु गरेको थियो । 

अर्थशास्त्रीहरूले युद्धले निरन्तरता पाए सम्भावित मूल्य बृद्धिले विश्वव्यापी अर्थतन्त्रमा ठूलो अवरोध खडा गर्ने र यसले ऊर्जाको मूल्य बढाउन सक्ने चेतावनी दिएका छन्  । यतिमात्र नभई मध्यपूर्वमा युद्ध थप भड्किन गई प्रमुख व्यापारिक मार्गहरू अवरुद्ध हुन सक्नेछन् ।

ओकोन्जो-इवेलाले भनिन्, ‘विश्वभरी कुल मागमा आएको गिरावटका कारण व्यापार बृद्धि पहिले देखिनै धेरै गम्भीर छ।’

विश्व व्यापार मन्दीको बीचमा डब्ल्यूटीओले सन् २०२३ को लागि आफ्नो व्यापार बृद्धि प्रक्षेपण कटौती गरिसकेको छ । सन् २०२२ को चौथो त्रैमासिकबाट शुरु भएको विश्वव्यापाी निरन्तर मन्दीको कारण अक्टोबरमा डब्ल्यूटीओले यस वर्षको विश्वव्यापी व्यापारिक व्यापारमा बृद्धिको अनुमानलाई फिर्ता गर्नुपरेको थियो ।

ग्लोबल मर्चेन्डाइज ट्रेड भोल्युम पनि अब यो वर्ष ०.८ प्रतिशतले बढ्ने अनुमान  छ । -एजेन्सी