काठमाण्डौ । माछापुच्छ्रे बैंकले जिएमई रेटिम प्रालिलाई बैंकको सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । 

सम्झौतापछि पश्चात एमबिएल रेमिटको भुक्तानी  जिएईको ७००० भन्दा बढी एजेण्टहरुबाट हुनुका साथै जिएमईको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र एमबिएल रेमिटमार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जिएमईका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैंकिङ्ग  सेवा समेत गरी  जम्मा ११० स्थानबाट बैंकिङ्ग सुबिधा  प्रदान गरिरहेको छ । साथै, बैंको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।