काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयरबजार दोहोरो अंकले बृद्धि भएको छ ।

नेप्से इन्डेक्स ३५.३९ अंकले बढेर २१४१ विन्दुमा कायम भएको छ । बजार बढेसँगै यो दिन ३०६ वटा कम्पनीको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्बमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूह बाहेक सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा सब इन्डेक्स २ प्रतिशतले बढ्दा निर्जीवन बीमा सब इन्डेक्स भने ०.०८ प्रतिशतले घटेको छ । 

यो दिन बीमा कम्पनीहरुमा सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.२४ प्रतिशतले बृद्धि भई ६०३ रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेपाल लाइफको ४.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.२३ प्रतिशत, एलआइसी नेपालको १.९० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.७१ प्रतिशत, हिमालयन लाइफको १.५१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.३९ प्रतिशतले बढेको छ । 

त्यस्तै शिखरको १.०३ प्रतिशत,  एशियन लाइफको १.०२ प्रतिशत,  नेशनल लाइफको ०.७८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३४ प्रतिशत र नेको इन्स्योरेन्सको ०.२३ प्रतिशतले बढेको छ । 

यो दिन सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा सानिमा जीआईसी रहेको छ । कम्पनीको सेयरभाउ २.०६ प्रतिशतले घटेर ५६२ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सिटिजन लाइफको १.८८ प्रतिशत, हिमालयन एभरेष्टको १.७३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६५ प्रतिशत, युनाइटेड अजोडको १.१२ प्रतिशत, सन नेपाल लाइफको १.०१ प्रतिशतले सेयरभाउ घटेको छ ।

त्यस्तै सानिमा रिलायन्स लाइफको ०.९९ प्रतिशत, सलिकोको ०.५५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२६ प्रतिशत, आइएमई लाइफको ०.२४ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.२२ प्रतिशतले सेयरभाउ घटेको छ ।

यो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई जीवन बीमा कम्पनी परेका छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको १६ करोड ७३ लाख र हिमालयन लाइफको १३ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।