काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साउन महिनामा सातै प्रदेशबाट कुल १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको व्यवसाय बागमती प्रदेशमै निर्भर रहेको छ। प्राधिकरणले देशैभरि बीमा जागरण गराई सबै क्षेत्रमा बीमाको पहुँच पुर्याउने उद्देश्य राखे पनि बीमा व्यवसाय बागमती प्रदेशबाट मात्रै ५२ प्रतिशत निर्भर हुने गरेको छ। बागमती प्रदेशबाट मात्रै जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन आधाभन्दा बढी हुने गरेको देखिएको छ।
साउनमा बागमती प्रदेशबाट मात्रै १० अर्ब १० करोड रुपैयाँ प्रिमियम कलेक्सन भएको छ। त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट २ अर्ब ४८ करोड रुपैयाँ, कोशी प्रदेशबाट २ अर्ब २२ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ८० करोड रुपैयाँ, मधेश प्रदेशबाट १ अर्ब ४९ करोड रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ९९ करोड रुपैयाँ र कर्णाली प्रदेशबाट ५० करोड रुपैयाँ प्रिमियम कलेक्सन भएको छ।
यसर्थ जीवन बीमा कम्पनीहरुको व्यवसायको आधा हिस्सा बागमती प्रदेशमै निर्भर हुने गरेको देखिएको हो।
यसका साथै जीवन बीमा कम्पनीहरुको साउनमा सातै प्रदेशमा सक्रिय रहेका कुल बीमालेख संख्या १ करोड ४० लाख २१ हजार बढी रहेको छ। सबैभन्दा धेरै बागमती प्रदेशमामात्रै बीमालेख संख्या ९९ लाख ७२ हजार रुहेको छ।
त्यस्तै कोशी प्रदेशमा १२ लाख ८८ हजार, लुम्बिनी प्रदेशमा ९ लाख ५९ हजार, गण्डकी प्रदेशमा ६ लाख ३२ हजार, मधेश प्रदेशमा ५ लाख १४ हजार, सुदुरपश्चिममा ४ लाख ८६ हजार र कर्णाली प्रदेशमा १ लाख ६७ हजार रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19