काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुका कुल बीमाशुल्क आर्जनमा बढोत्तरी भएको पाइएको छ।
गत साउन १ गते बीमा समितिले गरेको स्थलगत निरीक्षणका क्रममा जीवन र निर्जीवन दुवै बीमा कम्पनीका कुल बीमाशुल्क आर्जन बढेको पाइएको हो। गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको पाइएको बीमा समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः २८.७१ प्रतिशत र १५.३५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा जीवन बीमातर्फ १५ हजार ९६४ वटा बीमालेखबापत २ अर्ब २५ करोड २ लाख रुपैयाँ र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखबापत २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ माग दाबीको भुक्तानी हुन बाँकी रहेको विज्ञप्तिमा जनाइएको छ।
गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँबराबरका ६३ हजार वटा बीमालेखहरु व्यतित (सरेन्डर) भएको बीमा समितिले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago