काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । 

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको ८८ औं बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७३६९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।