काठमाण्डौ ।  फ्रान्सको बियारिजमा मा जारी जी सेभन शिखर बैठकमा चीन र अमेरिकाबीचको व्यापार युद्धबारे चिन्ता व्यक्त गरिएको छ ।

बैठकमा फ्रान्सेली राष्ट्रपति तथा ब्रिटिश प्रधानमन्त्रीले अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्धबारे चिन्ता व्यक्त गर्दै त्यसलाई त्यसलाईव्यक्त कम गर्न आह्वान गरेका छन्।

बीबीसीका अनुसार जी सेभनको बैठकमा सहभागी फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँ र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले अमेरिका र चीनबीचको बढ्दो व्यापारिक तनावबारे चिन्ता व्यक्त गरेका छन्।

जी सेभन समूहमा आबद्ध देशका नेताहरू अहिले वार्षिक शिखर बैठकका लागि दक्षिणपश्चिमी फ्रान्सेली तटीय नगर बियारिजमा भेला भइरहेका छन्।

त्यहाँ फ्रान्सले राष्ट्रपति माक्रोँले व्यापार युद्ध सबैका लागि खराब हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले त्यस्तो व्यापारिक तनाव कम गर्न जी-सेभन समूहमा आबद्ध प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले बैठकमा साझा रणनीति बनाउने बताए।

शिखर बैठकमा सहभागी हुन आएका ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले पनि अमेरिका र चीनबीचको बढ्दो तनाव घटाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

फ्रान्समा शिखर बैठकमा सहभागी हुन जानुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्बौँ डलर बराबरका चिनियाँ सामानमा थप कर लगाउने घोषणा गरेका थिए।

त्यस्तो नीतिका कारण ट्रम्प फेरि यस पटकको जी-सेभन शिखर बैठकमा पनि व्यापार नीति र जलवायु परिवर्तनका मुद्दामा दोस्रो पटक एक्लिन सक्ने सम्भावना छ।