काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण र यसलाई नियन्त्रण तथा रोकथाम गर्न चालिएका कदमहरु निश्प्रभावी हुँदै गएका छन्, यसले विश्व अर्थव्यवस्थालाई नराम्ररी प्रभावित पारेको छ । 

मुुडिज इन्भेस्टर सर्भिसका अनुुसार कोरोनाको प्रभावले सन् २०२० को पहिलो ६ महिनाको अवधिमा जि २० देशको अर्थतन्त्रमा गिरावट आउनेछ । 

जि २० देशहरुमा विश्वका आर्थिक रुपले सम्पन्न र शक्तिशाली राष्ट्रहरु समावेश भएकाले यी देशका अर्थतन्त्रमा आएको गिरावटले विशेष अर्थ राख्ने गर्दछ । यसका साथै विश्वको दुुईतिहाई भन्दा धेरै जनसंख्या जि २० अर्थतन्त्रमा बसोवास गर्ने गर्दछन् । 

मुडिज इन्भेस्टर सर्भिसको रिपोर्टका अनुुसार महामारीको कारण प्रभावित अर्थतन्त्रका कारण मागमा व्यापक गिरावट आएको छ । जसले गर्दा आपूर्ति प्रणाली प्रभावित बन्न पुुगेको छ । 

विश्वको सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ । रिपोर्टका अनुुसार विश्वको अर्थतन्त्रलाई पहिलो ६ महिनाको अवधिमा यति धेरै घाटा कहिल्यै लागेको थिएन । मुुडिजका अनुसार लकडाउनले गर्दा यातायातमा लागेको रोकका कारण उपभोक्ताको मागमा कमी आएपछि उत्पादनमा पनि गिरावट आएको छ । जसले गर्दा सन् २०२० को दोस्रो ६ महिनामा पनि आर्थिक गतिविधिमा गिरावट देखिनेछ । 

जर्मनीको अर्थतन्त्रमा देखिएको नयाँ सुुरुवातमा पनि परिवर्तन आइरहेको छ र फेरी आरोलो यात्रातर्फ अग्रसर भइरहेको छ । 

रिपोर्टका अनुुसार अमेरिका र फ्रान्सको अर्थतन्त्रमा बेरोजगारीको दर बढिरहेको छ । तर, चीनको बेरोजगारी दरमा भने स्थिरता आएको छ।

हवाई क्षेत्र, होटल व्यवसाय, पर्यटन क्षेत्र, कमोडिटी, निर्यात, वित्तीय संस्थाहरु कोरोनाले सबैभन्दा धेरै प्रभावित छन् । 

ग्रामीण सञ्चार, अनलाइन मिडिया तथा रिटेल र भ्याक्सिन डेभलपर्स क्षेत्र भने लाभान्वित भइरहेका छन् ।